تحميل بصيغة PDF
العودة لقائمة القصص

हजूरआमा र केराको जादू موز جدتي

كُتِب بواسطة Ursula Nafula

رسمة بواسطة Catherine Groenewald

بترجمة Dhan Lama

لغة النيبالية

مستوى المستوى 4

سرد للقصة كاملة الصوت لهذه القصة غير متوفر.


हजूर आमाको करेसाबारीमा मकै, कोदो र तरुलको खेतीले टम्म भरिएको थियो। सबै भन्दा लोभलाग्दो चाहीँ केराहरु थियो। हजूर आमाका धेरै नाति नातिनाहरु भएता पनि वहाँ मलाई नै मन पराउनु हुन्थ्यो। वहाँ प्राय जसो मलाई आफ्नो घरमा बोलाउनु हुन्थ्यो र आफ्नो केही गोप्य कुराहरु पनि खोल्नु हुन्थ्यो। तर वहाँले मलाई केरा कहाँ पकाउनु हुन्छ भन्ने कुरा चाहीँ गोप्य नै राखेकी थिईन।

كانت لجدتي حديقة رائعة تملأها الذرة الرفيعة والدخن والكسافا، ولكن شجيرات الموز كانت أجمل ما في الحديقة. وكان لجدتي أحفادا كثيرين، إلا أنني كنت على يقين من أنني كنت المفضلة لديها. كانت تدعوني دوما إلى منزلها وكانت تودعني أسرارها الصغيرة، غير أن لجدتي سرا تخفيه عني ولا ترغب في اطلاعي عليه، ألا وهو المكان الذي تقوم فيه بإنضاج الموز.


एकदिन मैले हजूर आमाको घर बाहिर एउट ठूलो छ्वालीको टोकरी घाममा सुकाई राखेको देखें। जब मैले यो के को लागि हो भनेर सोधें, वहाँको जवाफ थियो: यो मेरो जादू को टोकरी हो। टोकरी को छेउमा हजूर आमाले त्यहाँ धेरै केराका पातहरु ओल्टाई पल्टाई गर्नु हुन्थ्यो। म उत्सुकताले भरिएर सोधें, यी पातहरु के का लागि हजूर आमा? वहाँको केवल जवाफ थियो: यिनीहरू मेरा जादूमयी पातहरू हुन।

وفي يوم من الأيام، رأيت سلة كبيرة من السعف قد عرضت لحرارة الشمس خارج منزل جدتي. ولما سألتها لما تستعمل تلك السلة، كان جوابها الوحيد: “إنها سلتي السحرية”. وكان بجانب السلة مجموعة من الأوراق التي كانت جدتي تقلبها من حين لأخر. ازداد فضولي وسألتها: “فيما تستعملين هذه الأوراق، يا جدتي؟” وكان جوابها الوحيد أيضا: “إنها أوراقي السحرية”.


हजूर आमालाई देखेर मलाई धेरै रमाईलो लागिरहेको थियो अनि केरा, केराका पातहरु अनि छ्वालीको टोकरी। तर हजूर आमाले मलाई केही सामान लिन भनेर आमा कहाँ पठाई दिनु भयो। हजूर आमा! तपाईं जसरी तयारी गर्दै हुनुहुन्छ नी! मलाइ पनिदेखाउनु होस् न? जिद्धी नगर्नु, मैले जे भनें त्यही गर्नु हजूर आमा चिच्याईन, त्यसपछि मैले त्यहाँबाट दौडिनु पर्‍यो।

وكم كنت يومها مستمتعة بمشاهدة جدتي وموزات جدتي وأوراق الموز وسلة السعف. لكن جدتي قررت أن تبعثني لقضاء أمر ما لدى أمي. توسلت إليها: “أرجوك جدتي، دعيني أشاهدك وأنت تحضرين …” لكنها قاطعتني، وأصرت: “لا تكوني عنيدة صغيرتي. هيا، افعلي ما أمرتك به “. فانطلقت جريا نحو أمي.


जब म फर्के हजूर आमा बाहिर बसिराख्नु भएको थियो तर त्यहाँ न त टोकरी नै थियो, न त केराहरु नै। हजूर आमा टोकरी र केराहरु कहाँ छन्? तर वहाँको मात्र जवाफ थियो, त्यो सबै जादूमयी ठाउँमा छन्। वास्तवमा त्यो साह्रै नै दुखदायी क्षण थियो।

ولما رجعت، وجدت جدتي جالسة خارج المنزل ولم يكن هناك لا سلة ولا موز. سألتها: “جدتي، أين السلة وأين الموز، وأين …؟”. وكان جوابها الوحيد: “إنهم في مكاني السحري”. وكم كان ذلك محبطا لي.


दुई दिन पछि, हजूर आमाले मलाई आफ्नो खाटबाट वहाँको टेक्ने लौरो ल्याउन भन्नु भयो। जब मैले ढोका खोले, पाक्दै गरेको केराको कडा वासनाले मलाई आकार्शित गर्‍यो। भित्री कोठामा हजूर आमाको छ्वालीको ठूलो टोकरी थियो जसलाई एउटा पुरानो सिरकले घ्वाप्लक्क छोपेको थियो। त्यसलाई मैले विस्तारै उचालेँ र त्यो लोभ लाग्दो वासनालाई सुघेँ।

وبعد يومين، طلبت مني جدتي أن أحضر لها عصا المشي من بيت نومها. وبمجرد أن فتحت الباب، استقبلتني رائحة الموز الناضج. لقد كانت سلة جدتي السحرية في الغرفة الداخلية، مخبأة جيدا تحت غطاء قديم. رفعت الغطاء واستنشقت تلك الرائحة الرائعة.


जब मेरी हजूर आमा मलाई, त्यहाँ तिमी के गर्दै छौ भनेर कराईन: म झसँङ्ग भएर तर्से। छिटो गर! मेरो लौरो लिएर आउ। वहाँको टेक्ने लौरो लिएर म छिटो छिटो वहाँ भएको ठाउँमा गएँ। तिमी किन मुस्कुराई रहेकी छौ? हजूर आमाले मलाई सोध्नु भयो। वहाँको प्रश्नले मैले वहाँको जादूमयी ठाउँको रहस्य पत्ता लागेकोमा निस्केको हल्का हाँसो हो भन्ने कुरोको अनुभूती गर्न गाह्रो भएन।

لكن صوت جدتي فاجئني عندما نادتني: “ماذا تفعلين؟ أسرعي وأحضري لي العصا”. أسرعت بعصا المشي لجدتي، فسألتني: “لماذا تبتسمين؟” جعلني سؤالها أتفطن إلى أنني لازلت مبتسمة لاكتشافي مكان موزات جدتي السحري.


अर्को दिन जब हजूर आमा मेरी आमालाई भेट्न आउनु भयो, म हतार हतार वहाँको घरमा फेरी एक चोटी केराहरु हेर्न को लागि गएँ। त्यहाँ एउटा राम्रोसँग पाकेको एउटा झुप्प थियो। मैले एउटा टिपेर आफ्नो कपडा भित्र लुकाएँ। फेरी टोकारीलाई राम्रोसँग छोपिसके पछि म घरको पछाडी गएँ अनि त्यसलाई छिटो छिटो खाएँ। त्यो नै अहिले सम्म मैले चाखेकी सबै भन्दा गुलियो केरा थियो।

وفي اليوم الموالي، عندما ذهبت جدتي لزيارة أمي أسرعت إلى منزلها لتفقد الموز مرة أخرى. وكانت هناك مجموعة من حبات الموز قد اكتمل نضجها. التقطت واحدة وأخفيتها تحت ثيابي. وبعد أن أرجعت غطاء السلة من جديد، ذهبت خلف المنزل والتهمت الموزة بسرعة. كانت تلك ألذ موزة أتذوقها في حياتي.


अर्को दिन जब हजूर आमा करेसाबारीमा सागसब्जी टिप्दै थिईन, मैले ढोका बाट झ्वाट्ट चियाएर केराहरू हेरे। प्राय सबै राम्रोसँग पाकेको थियो। त्यहाँबाट चार वटाको एउटा झुप्प नलिईकन म चल्नै सकिनँ। जब म बिस्तारै ढोका तर्फ अगाडी बढ़ें, मैले बाहिर मेरी हजूर आमाले खोकेको सुनें। मैले केरा आफ्नो कपडा मूनी छोपेर बिस्तारै हजूर आमालाई छलेर अघि बढ़े।

ومن الغد، وبينما كانت جدتي في الحديقة تجمع الخضار، تسللت إلى المنزل واسترقت النظر للموز. كانت كل الموزات تقريبا قد نضجت، ولم أستطع أن أمسك نفسي عن أخذ أربع حبات من الموز. وبينما كنت متجهة نحو الباب على أطراف أصابعي، إذ بي أسمع سعال جدتي بالخارج. وبالكاد نجحت في إخفاء حبات الموز تحت فستاني ثم تجاوزت جدتي في المشي.


दोस्रो दिन हाटबजार लाग्ने दिन थियो, हजूर आमा बिहानै उठिन। वहाँ सधै पाकेको केरा र तरुलहरु लिएर बजारमा बेच्न जानु हुन्थ्यो। त्यो दिन मैले वहाँ लाई भेट्न जान हतार गरिनँ। तर लामो समयसम्म त्यसो गरिरहन पनि मलाई सम्भव थिएन।

كان اليوم الموالي هو يوم السوق الأسبوعية. استيقظت جدتي باكرا، فقد كانت دائما تأخذ الموز والكسافا لتبيعها في السوق. لم أسارع يومها لزيارتها كالعادة، لكنني كنت أعرف أنني لن أستطيع تحاشيها طويلا.


त्यसपछि साँझमा आमा, बुबा र हजूर आमाले मलाई बोलाउनु भयो। किन हो भन्ने कुरा मलाई थाहा पाउन गाह्रो भएन। त्यो रात जब म आफ्नो ओछ्यानमा पल्टें, मलाई थाहा थियो कि म अब कहिल्यै हजूर आमा, आमा, बुवा र कसैबाट पनि चोर्न सक्ने छैन।

وفي ساعة متأخرة من تلك الليلة، دعاني أبي وأمي للحديث معي. كنت أعرف لماذا دعونني. وهكذا، وبينما كنت مستلقية للنوم في تلك الليلة، عرفت أنني لا يجب أن أسرق ثانية أبدا، لا من جدتي ولا من والديَّ ولا من أي إنسان آخر.


كُتِب بواسطة: Ursula Nafula
رسمة بواسطة: Catherine Groenewald
بترجمة: Dhan Lama
لغة: النيبالية
مستوى: المستوى 4
المصدر: Grandma's bananas از القصص الأفريقية القصيرة
رخصة المشاع الإبداعي
تحت مجوز المشاع الإبداعي نَسب المُصنَّف 3.0 دولي کریتز کامنز به نشر رسید.
بیشتر بخوانید سطح 4 داستان ها:
خيارات
العودة لقائمة القصص تحميل بصيغة PDF